default_image

2 years ago

March 23, 2022

इटाली र अर्जेन्टिना फाइनलिसिमा उपाधिका लागि भिड्ने

137 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुने भएको हो ।

खेल लन्डनको वेम्बली रंगशालामा १ जुन २०२२ मा हुने तालिका रहेको छ । खेल स्थानीय समयअनुसार साँझ ७:४५ बजे हुनेछ । युइएफएले मंगलबार एक विज्ञप्तिमार्फत खेल हुने सार्वजनिक गरेको हो । खेलको निर्धारित ९० मिनेट बराबरी भए सिधै टाइब्रेकरमार्फत खेलको निर्णय लिइनेछ । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुन: खेल गर्न लागिएको जनाइएको छ ।

सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा भने फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३-२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १-० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.