default_image

2 years ago

March 23, 2022

महिला लिगको उद्घाटन खेल एपिएफ र आर्मीबीच

92 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण बिहीबार सुरु हुँदैछ । यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुँदैछ । लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् ।


लिगका लागि गत फागुन ३ गते अखिल नेपाल फुटबल संघ एन्फा र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो । पहिलो चरणको लिगका लागि तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुने यसअघि नै जानकारी गराइएको थियो ।

प्रत्येक दिन दुई खेल खेलाइनेछ । उद्घाटनको दिन भने एक खेल मात्रै हुनेछ । यसका लागि मैदानमा अस्थाई प्याराफिट बनाईएको छ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछ ।

उद्घाटन खेलमा भोलि साविक विजेता एपिएफ र साबिक उपबिजेता त्रिभुवन आर्मी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

सबै टिमलाई तयारीका लागि दश दिने एन्फाकी केन्द्रीय सदस्य पेमा लामाले जानकारी दिईन् । लिग सम्पन्न गर्नका लागि दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ । खेल हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । उद्घाटनको दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.