default_image

2 years ago

March 26, 2022

अर्जेन्टिनाको सानदार जित

88 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो ।

ब्युनर्स आयर्समा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको ३४औं मिनेटमा रोड्रिगो डि पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७९औं मिनेटमा परिवर्तित खेलाडी एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

७०औं मिनेटमा एलेक्सिसम्याक एलिस्टरको स्थानमा मैदान छिरेका एन्जल डि मारियाले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए । त्यसपछि ८२औं मिनेटमा एन्जल डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

यो जितपछि दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले ११ जित र ५ बराबरीको नतिजा निकालेको छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.