default_image

2 years ago

March 27, 2022

चर्च ब्वाइज स्तब्ध, आरसिटीको जित

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्तब्ध बन्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार चर्च ब्वाइज सामाजिक युथ क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न सामाजिकका सुरेश खत्रीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गरेका थिए ।

हारसँगै चर्च ब्वाइज शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउने अवसर गुमाएको छ । चर्च ब्वाइजको ९ खेलबाट १७ अंक रहेको छ । चर्च ब्वाइजलाई हराएको सामाजिकको ९ खेलबाट १० अंक पुगेको छ ।

अर्काे खेलमा आरसिटीले झम्सिखेल युथ क्लबलाई ३–० ले पराजित गरेको छ । आरसिटीको जितमा प्रज्वल गुरुङले दुई तथा विश्वास थापामगरले एक गोल गरे ।

यो जितसँगै आरसिटी ९ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आरसिटीले एक खेल कम खेलेको सरस्वती युथ क्लबलाई गोलअन्तरमा पछि पारेको हो । पराजित झम्सिखेल ९ खेलबाट ६ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।

लिगकै अर्काे खेलमा श्री कुमारी क्लबले मध्यपुर युथ एसोसिएसनलाई २–१ ले पराजित गरेको छ । श्री कुमारीको जितमा ओम प्रकाश सिंह र राज भुसालले गोल गरे । मध्यपुरका धिरज श्रेष्ठले एक गोल फर्काए ।

यो जितसँगै श्री कुमारीको ९ खेलबाट १३ अंक पुगेको छ । पराजित मध्यपुरको ९ खेलबाट १० अंक छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.