default_image

2 years ago

March 28, 2022

महिला राष्ट्रिय लिग – धनगढी र एपिएफको लगातार दोस्रो जित

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका कैलाली र विभागीय नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित दर्ता गरेका छन् । चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिका रौतहटमाथि २–१ को जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । धनगढीको जितमा विर्सना चौधरी र चन्द्रा भण्डारीले गोल गरिन् । चन्द्रपुरकी […]

143 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका कैलाली र विभागीय नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित दर्ता गरेका छन् ।

चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिका रौतहटमाथि २–१ को जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । धनगढीको जितमा विर्सना चौधरी र चन्द्रा भण्डारीले गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् ।

४४औं मिनेटमा रजनी थोकरको गोलबाट भनगढीले सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, चन्द्रपुरको त्यो अग्रता लामो समय टिकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विर्सना चौधरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

पहिलो हाफकै इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै धनगढीलाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

यो जितसँगै धनगढी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि एपिएफ गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । जित निकाल्न नसकेको चन्द्रपुर अंकविहीन हुँदै सातौ स्थानमा रहेको छ ।

यस्तै लिगको अर्काे खेलमा उपाधि दावेदार एपिएफले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । एपिएफको जितमा प्रिती राई र सावित्रा भण्डारी ‘साम्वा’ ले गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा प्रितीको गोलबाट एपिएफले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सावित्राले गोल गर्दै एपिएफको जित पक्का गरिन् ।

यो नतिजापछि एपिएफले शीर्षस्थानको धनगढीसँगको अंक दुरी बराबरी गरेको छ । समान २ खेलबाट ६ अंक रहेपनि एपिएफ गोलअन्तरमा पछि छ । पहिलो हार बेहोरेको पुलिस ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । पुलिसँगै आर्मी, विराटनगर र ललितपुरको समान ३ अंक छ । चन्द्रपुर र वालिङले अंकको खाता खोल्न सकेका छैनन् ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.