default_image

2 years ago

March 28, 2022

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएका छन् । एसिया कप छनोट २०२३ को तयारीका लागि नेपालले यो साता अन्तर्राष्ट्रिय विश्राममा थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको स्थानिय क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । १० चैतमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० ले तथा १३ चैतमा त्यहाँको […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएका छन् ।

एसिया कप छनोट २०२३ को तयारीका लागि नेपालले यो साता अन्तर्राष्ट्रिय विश्राममा थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको स्थानिय क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

१० चैतमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० ले तथा १३ चैतमा त्यहाँको स्थानिय टोली चोनवुरी एफसीसँग ३–१ ले पराजित भएको थियो । चोनवुरीविरुद्ध नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए ।

दुई मैत्रीपूर्ण खेलको लागि नेपाली टोली ७ चैतमा त्यसतर्फ प्रस्थान गरेको थियो । एसिया कप छनोटको लागि नेपाली टोलीको तयारी छिट्टै गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.