default_image

2 years ago

March 29, 2022

जीतपुर सिमरा गोल्डकपमा बागमतीसँग संकटा स्तब्ध

144 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

ए डिभिजन टोली संकटा क्लबलाई स्तब्ध पार्दै सर्लालीको बागमती युवा क्लब १२ औं जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको संकटालाई मंगलबार १–० ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । थप समयमा गएको खेलमा अनिल रानागमरको गोलमा बागमतीले जित निकालेको थियो ।

बागमतीले फाइनल प्रवेशका लागि अर्को ए डिभिजन टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ । ए डिभिजन अर्को टोली हिमालयन शेर्पा क्लबलाई हराउँदै विभागिय टोली एपिएफले अन्तिम चारमा स्थान बनाएको थियो । सिमरा रंगशालामा मंगलबार निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा धकेलिएको थियो ।

थप समयको २७ औं मिनेटमा अनिलल गोल गरेका थिए । डिना गुरुङले प्रहार गरेको फ्रिकिक बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड बलमा अनिलले हेडमार्फत गोल गरेका हुन् । बागमतीको तुलनामा आकर्षक खेल प्रदर्शन गरेपनि संकटा फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरियो । संकटाले सुरुवातदेखि नै खेलमा नियन्त्रण बनाएको थियो । तुलानात्मक रुपमा अनुभवी खेलाडीको साथ रहेको संकटाले विपक्षी खेलाडीलाई आक्रमणको अवसर दिएन ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमायो । ३५औं मिनेटमा फोडे फोफोनाको क्रसमा संकटाका दीपेश आले मगरले राम्रो अवसर खेर फाले । पेनाल्टी बक्स भित्र फोफोनाले मिलाएको पासलाई दीपेशले पूर्ण रुपमा नियन्त्रणमा लिन सक्दा प्रहार सशक्त हुन सकेन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको इन्ज्युरी समयमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै टिमका प्रशिक्षकलाई प्लेयर बक्स बाहिर पठाएका थिए । प्रशिक्षकविहिन अवस्थामा दोस्रो हाफमा सुरु गरेका दुवै टोलीको प्रतिस्पर्धा रोचक बनेको थियो ।

झण्डै ४ हजार दर्शकको उपस्थिति रहेको रंगशालमा संकटा दोस्रो हाफमा पनि हाबी बनेको थियो । ६२औं मिनेटमा संकटाका फोफोना वन भर्सेस वनको अवस्थामा गोल गर्न चुके । उनको प्रहार पोष्टमा ठोक्किएर फर्कियो । लगत्तै यानिकले अर्को मौका गुमाए । फोफनाको क्रस बललाई उनले पोष्टको दिशा दिन सकेनन् ।

बागमतीले दोस्रो हाफमा पनि धेरै अवसर बनाउन सकेन् । ८२औं मिनेटमा सुसन लामाले निकालेको पासमा डिना गोल गर्न चुके । दबाबमा देखिएको बागमतीले संकटाको अग्रपंक्तीका खेलाडीलाई सफल हुन भने दिएनन् । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप खेल पनि आफ्नो नियन्त्रणमा राखेको संकटाले थुप्रै अवसर गुमायो ।

बागमतीका लागि अनिलले मौका खेर जान दिएनन् र टोलीलाई अन्तिम चारमा पुर्याए । बागमतीका अभिषेक वाइवा खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार ए डिभिजन क्लब एनआरटी र आयोजक नव जनजागृति युवा क्लबबीच हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.