default_image

2 years ago

March 30, 2022

ब्राजिलको सानदार जित, अर्जेन्टिना रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो […]

89 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भयो ।

खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता बनायो । उनले ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा ब्रुनो गुइमारेसले गोल गरेपछि ब्राजिल खेलमा ३–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक पुगेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।

छनोटकै अर्काे खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । अर्जेन्टिनाका लागि २४औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दा इनर भ्यालेन्सियाले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै अपराजित अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अर्जेन्टिनालाई बराबरीमा रोकेको इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।

अन्य नतिजा
चिलीविरुद्ध उरुग्वे (०–२), पेरुविरुद्ध पाराग्वे (–०) र भेनेजुएलाविरुद्ध कोलम्विया (०–)

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.