default_image

2 years ago

March 31, 2022

फिफा विश्वकप कतारमा प्रयोग हुने अफिसियल बल सार्वजनिक

116 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ ।

यसपटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ति डुंगा र झन्डाबाट प्रेरित रहेको छ ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरिय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।

फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ । यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो ।

यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन् । अब पाँच टोलीको छिनोफानो हुन बाँकी छ । विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.