default_image

2 years ago

March 31, 2022

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]

128 views

0 Bookmark

उत्तम रिजाल, झापा

दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र मनाङ पहिलो पटक दमक गोल्डकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।पुलिसले गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीलाई र मनाङले भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई समान १–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । दुवै टोलीले उपाधि जित्ने विश्वास लिएका छन् ।

बिहीबार प्रि म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा राम्रा खेलाडी रहेकाले जित निकाल्न सहज हुने बताए । उनले अघिल्लो संस्करणमा दमक गोल्ड कपमा भोगेको हारको बद्ला लिने अवसरका रुपमा लिएको पनि बताएका छन् । त्यस्तै कप्तान अन्जन विष्टले मोफसलका सबै खेल फाइनल खेल जस्तै भएको भन्दै आफ्नो टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए ।

पुलिसका प्रशिक्षक अनन्त राज थापाले टोलीमा विदेशी खेलाडी नभएपनि आफ्नो टोली उपाधि रक्षाका लागि सक्षम रहेको बताए । पुलिसका कप्तान राम वाजेले पनि प्रशिक्षकसँग सहमति जनाउँदै उपाधि जित्ने विश्वास व्यक्त गरे । यसअघि २०७५ मा भएको दमक गोल्डकपको फाइनलमा मनाङलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दुवै टोलीलाई जितको शुभकामना दिए ।

दमक नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको विजेताले १३ लाख ११ हजार र दोस्रो टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकले समान २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.