default_image

2 years ago

April 1, 2022

लामाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोष स्थापना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी पेमा डोल्मा लामाले पुराना, नयाँ खेलाडीलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध भएयता विभिन्न प्रतियोगिताका दौरान भत्ता वापत रकम र त्यसमा थप गरेर हालै ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको लामाले जनाएकी छिन् । […]

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी पेमा डोल्मा लामाले पुराना, नयाँ खेलाडीलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध भएयता विभिन्न प्रतियोगिताका दौरान भत्ता वापत रकम र त्यसमा थप गरेर हालै ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको लामाले जनाएकी छिन् । त्यस अक्षयकोषबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष पुराना वा नयाँ खेलाडीलाई हरेक वर्ष महिला दिवस (मार्च) को दिन सम्मान गर्ने शुक्रबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएकी छन् । सम्मान गर्ने खेलाडी तय गर्नका लागि अलग्गै एउटा समिति गठन गर्ने बताइएको छ ।

पुराना खेलाडीले देशको फुटबलका लागि पुर्याएको योगदानको कदर र नयाँ खेलाडीको हकमा हौसला बढाउनु नै सम्मानको उद्देश्य रहेको जनाउँदै लामाले आफ्नो प्रयासले महिला फुटबलमा थोरै भएपनि सकारात्मक प्रभाव पर्न सक्ने विश्वास लिएको बताएकी छन् ।

हाल एन्फा केन्द्रिय सदस्य रहेकी लामा महिला समितिको संयोजक र महिला फुटबल संघको महासचिव पनि हुन् । महिला फुटबलको विकासका लागि व्यक्तिगत र सामूहिक प्रयास गर्नुपर्दछ भन्नेमा विश्वास राख्ने लामा देशका लागि अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

खेल जीवन पछि उनले सन् २००० देखि २०१० सम्म फिफा सहायक रेफ्री र २०११ देखि २०१६ सम्म रेफ्री इन्स्ट्रक्टरको जिम्मेवारी निर्वाह गरेकी थिइन् । एन्फाको को पछिल्लो निर्वाचनमा उनी केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.