3 years ago
April 6, 2022
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले जर्मन महारथी बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल भिल्लारियलमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा भिल्लारियल बलियो बायर्नलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ ।
स्पेनिस ला लिगाको सातौं स्थानमा रहेको भिल्लारियलसँग जियोभानी लो सेल्सो, जेरार्ड मोरेनो, एर्नाउट डानजुमा, म्यानुयल ट्रिगुइरोस, इटिने कापोई, ड्यानियल पारेजो, अलफन्सो पेडराजा, पाउ टोरेस, राहुल एल्विओल, जुआन फोयथ र गोलरक्षक जेरोनिमो रुल्ली रहेका छन् ।
यता, जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न पनि अवे जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । टोलीको लागि पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । उनले यो सिजन ३८ खेलमा ४५ गोल गरिसकेका छन् ।
लेवान्डोस्कीलाई थोमस मुलर, किङ्सले कोमान, लेरोए साने, लियोन गोरेट्जका, योसुवा किम्मिख, थियो हर्नान्डेज, निकोलस सुल, बेन्जामिन पाभार्ड, डेअट उपमिकानो र गोलरक्षक तथा कप्तान म्यानुयल नुएरले साथ दिनेछन् ।
यि दुई टोली तेस्रो पटक आमाने–सामाने हुन लागेको हो । पछिल्लोपटक यि दुई टोलीले २०११ को च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । दुवै खेलमा बायर्न विजयी भएको थियो । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा भिल्लारियल उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ ।
दोस्रो लेग बायर्नको मैदानमा १२ अप्रिलको राति हुनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]