default_image

3 years ago

April 10, 2022

रियल म्याड्रिडको सहज जित, एट्लेटिको स्तब्ध

138 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जित हात पार्दा शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड स्तब्ध बनेको छ ।

रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेलाई २–० ले पराजित गरेको हो । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा स्पेनिस मिडफिल्डर लुकास भास्क्वेजले गोल गर्दै रियलको जित पक्का गरे । भास्क्वेजले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै रियलले शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको छ । रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको म्याड्रिड रियल मलोर्कासँग १–० ले स्तब्ध बनेको छ । एट्लेटिकोलाई स्तब्ध पार्न दोस्रो हाफमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा रहँदा एट्लेटिकोले दोस्रो स्थानको सेभियासँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.