default_image

2 years ago

April 13, 2022

बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा रोकिएपछि पूर्व विजेता बायर्न प्रतियोगिताबाट बाहिरिएको हो । भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । सामु चुक्वेजेले खेल सकिन २ […]

147 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा रोकिएपछि पूर्व विजेता बायर्न प्रतियोगिताबाट बाहिरिएको हो ।

भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । सामु चुक्वेजेले खेल सकिन २ मिने बाँकी रहँदा बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको थियो ।

५१ औं मिनेटमा रोबर्ट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो । तर त्यो अग्रतालाई जोगाउन नसक्दा ६ पटकको च्याम्पियन बायर्नको च्याम्पियन्स लिग यात्रामा पुर्णविराम लाग्यो ।

भिल्लारियल १६ वर्षपछि अर्थात् सन् २००६ पछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो । त्यतिबेला युभेन्ट्सलाई हराएर सेमिफाइनलमा पुगेको भिल्लारियल आर्सनलसँग पराजित भएको थियो ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.