default_image

2 years ago

April 13, 2022

रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

156 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो । रियलको सेमिफाइनल यात्रामा फेरि एक पटक बेन्जेमा नायक बनेका छन् । समग्रमा ४–४ को बराबरीपछि थप समयमा बेन्जेमाले गोल गरेका थिए । थप समयको छैटौं मिनेटमा बेन्जेमाले हेडमार्फत गोल गरेका थिए । भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा उनले नजिकबाट हेड गोल गरेका थिए ।

एक समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको रियललाई रोड्रिगोले जीवनदान दिएका थिए । ३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । लुका मोड्रिचको पासमा परिवर्तित रोड्रिगोले गोल गरेका थिए । मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा एन्टोनियो रुडिगरको हेडगोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो । त्यो गोलले चेल्सीले खेलमा गोलऔसतमा ३–३ को बराबरी गरेको थियो । टिमो वार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए ।

तर, ८० औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो । उनको गोलबाट खेल थप समयमा धकेलिएको थियो । जहाँ फेरि एकपटक बेन्जेमा चम्केका छन् र टोलीलाई सेमिफाइनल पुर्याउन सफल भएका छन् । गत सिजन चेल्सीले सेमिफाइनलमा रियललाई हराएको थियो ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.