default_image

2 years ago

April 14, 2022

च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस र इंग्लिस टोली

84 views

0 Bookmark

एजेन्सी – यो सिजन अर्थात २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार राति दुई इंग्लिस क्लबले सफलता हासिल गरेसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ ।

यसपटकको च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई स्पेनिस क्लब र दुई इंग्लिस क्लब सेमिफाइनलमा पुग्न सफल भएका छन् । अघिल्लो दिन दुई स्पेनिस क्लब भिल्लारियल र रियल म्याड्रिडले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा पछिल्लो दिन दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

मंगलबार राति स्पेनिस लालिगाको सातौ स्थानमा रहेको भिल्लारियलले जमैन महारथी बायर्न म्युनिखलाई समग्रमा २–१ ले पराजित गर्दै १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

यता, च्याम्पियन्स लिगको १३ पटकको च्याम्पियन रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई समग्रमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो लेगमा ३–१ को आरामदायी स्थितिमा रहेपनि दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले पराजित भएपनि रियल अघिल्लो चरणमा पुग्न सफल भयो । चेल्सीले दोस्रो लेगमा पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो लेगमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाको पूनरागमनलाई रोक्दै ३–३ गोलको बराबरीमा समग्रमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो लेगमा लिभरपुल ३–१ ले अघि रहेको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीका लागि ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । पहिलो लेगमा हार भोगेका कारण बेन्फिका अघिल्लो चरण पुग्नबाट वञ्चित रह्यो ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरीमा रोकिएपनि पहिलो लेगको १–० को जितले सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित ९० मिनेटपछि तनावपूर्ण बनेको खेलमा घरेलु टोली एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो ।

अब सेमिफाइनलमा लिभरपुल र भिल्लारियल तथा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको पहिलो लेग २६ अप्रिलमा र दोस्रो लेग ३ मेमा हुनेछ । फाइनल २८ मेमा हुनेछ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.