default_image

2 years ago

April 16, 2022

एन्फा जिल्ला निर्वाचन – अधिकांशमा निर्विरोध चयन

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि यतिबेला जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ ।

बाँके जिल्ला फुटबल संघका निर्वाचित पदाधिकारी

शनिबार ९ जिल्ला रुपन्देही, काभ्रे, महोत्तरी, पर्सा, बाग्लुङ, लमजुङ, कैलाली, नवलपुर र बाँकेको निर्वाचन हुँदा बाँकेमा मात्रै निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा बुद्धिबहादुर गुरुङ, मुकेश कँुवर र सुधिर थापा, महिला सदस्यमा मोतिकला गुरुङ तथा सदस्यमा शंकर मल्लाह, सञ्जय कार्की, प्रेम राना, बसन्त श्रेष्ठ, पदम थापा, दिपक गुरुङ, ललित तिरुवा, सोमबहादुर बिक, मनमोहनलाल गुभाजु र दिपेश गुरुङ सर्वसम्मत चुनिए ।

लमजुङमा लोकेन्द्र गुरुङ नेतृत्वका सर्वसम्मत कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, सन्जिब पौडेल र योगबहादुर गुरुङ चुनिएका छन् । सदस्यमा खड्गजंग गुरुङ, सुमिन घले, विशाल अधिकारी, संजिव राना, कुसुम राज बराल, आनन्द गुरुङ, नरेन्द्र थापा, निपेन्द्र श्रेष्ठ, सुदिप श्रेष्ठ, शिव खाती र महिला सदस्यमा हरिमाया गुरुङ निर्वाचित भए ।

बाग्लुङ जिल्ला फुटबल संघका निर्वाचित पदाधिकारी

कैलालीमा अनिल मल्ल र बाँकेको नेतृत्वमा भोजराज शाही प्यानलसहित निर्वाचित भएका छन् । बाँकेमा भोजराजले सुन्दरमणि अधिकारलाई हराउँदै नेतृत्वमा निरन्तरता पाए । भोजराजले ९ मत प्राप्त गरे । प्रतिद्धन्दी सुन्दरमणीले मात्र २ मत पाए ।

कैलालीमा मल्ल आए । मल्ल नेतृत्वको कार्यसमितिमा कुमार बहादुर शाही, जितेन्द्रकुमार बोगटी र रजबहादुर थापा उपाध्यक्ष निर्वाचित भए । सदस्यमा आरती आचार्य, मोहितकुमार शाह, तेज बम, चन्द देब बम, हर्क दानपाली, होम तामाङ, कृष्णबहादुर चौधरी, नरेन्द्र बहादुर डगौरा, देवि राम जैसी, सुरेश चौधरी र श्याम विष्ट निर्वाचित भए ।

महोत्तरीमा प्रमोद मानन्धर र बाग्लुङमा जय राज भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएका छन् । बाग्लुङको उपाध्यक्षमा राजकुमार शर्मा, राहुल बोहोरा र बिकास थापा सर्वसम्मत भए । महिला सदस्यमा रुविना थापा र सदस्यमा लोक बहादुर खड्का, प्रेम बुढा मगर, अविनास केसी., हरि बहादुर भण्डारी (रमेश), जिवन रोका, सुरेश किसान, सुवास बोसेल, प्रमल थापा, सज्जन खड्का र अविनास बोसेल सर्वसम्मत निर्वाचित भए ।

पर्सामा अनिलकुमार कलवारको नेतृत्वमा तथा नवलपुरमा सेतबहादुर पुनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । मेघराज पाण्डे, हरि थापा र हेम देवकोटा उपाध्यक्ष चुनिदा सदस्यमा रविलाल श्रेष्ठ, गोरखभक्त अधिकारी, हरिमाया चौधरी, विपुल अर्याल, थमन चौधरी, नैनाराम धरेल, सुरज कोहर, नारायण अधिकारी, लक्ष्मण कार्की, मदन थापा र तिर्थ डुम्रे निर्वाचित भए ।

हरेक जिल्लाको मतभार १ हुनेछ । अब नयाँ निर्वाचित कमिटिबाट नै हरेक जिल्लाबाट एक जनालाई एन्फाको निर्वाचनमा प्रतिनिधिको रुपमा पठाइनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.