3 years ago
April 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । मैत्रीपूण खेल कतारको दोहामा मे २५ र २९ मा हुनेछ ।
एएफसी एसियन कप २०२३ को छनोटको लागि नेपालले शुक्रबारदेखि तयारी थालेको छ । टोलीमा २५ सदस्यी रहँदा दुई खेलाडी मात्रै प्रशिक्षणमा अनुपस्थित रहेका छन् । उनीहरु केही दिनमा नै प्रशिक्षणमा जोडिने एन्फाले जनाएको छ ।
एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूहमा परेको छ । नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । छनोटका सबै खेल कुवेत सिटीमा हुनेछ ।
नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एसियन कपमा छनोट हुन नसक्ने अभिव्यक्ति दिइसकेका छन् । हामी निकै बलियो समूहमा छौं । हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन ।’
राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त भएर आएपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउँछु भन्ने वाचामा आफू सफल भएको उल्लेख गर्दै उनले थपे, एसिया कपमा भने हामी छनोट हुन सक्दैनौं । धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन ।’ त्यसका वावजुद टोलीले कडा चुनौतीका लागि प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले छनोट हुन कठिन भएपनि आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताएका छन् ।
२५ सदस्यीय नेपाली फुटबल टोली
किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]