default_image

2 years ago

April 19, 2022

सिटीले हालान्डसँग सम्झौता गरिसकेको दाबी

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डका लागि उनको एजेन्ट मिनो रायोलासँग सम्झौता गरिसकेको समाचार डेली मेलले प्रकाशित गरेको छ ।

बोरुसिया डर्टमन्डका २१ वर्षे फरवार्डलाई सिटीबाहेक रियल म्याड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि भित्राउन चाहेको चर्चा हुँदै आएको छ । बायर्न म्युनिखले भने हालान्डलाई लिने दौडबाट आफूलाई अलग गरिसकेको छ ।

‘हालान्डको पारिश्रमिक, एजेन्टलाई बोनसलगायतको प्याकेजलाई हेर्ने हो भने सोचेको भन अन्त्यधिक रहेको छ,’ बायर्नका प्रमुख कार्यकारी अधिकृत ओलिभर कानले भनेका छन् ।

डर्टमन्डसँग हालान्डको सम्झौता सन् २०२४ सम्म रहेको छ । तर ७५ मिलयनको आसपास सरुवा रकम पाएको खण्डमा भने क्लबले उनलाई छाड्ने शर्त रहेको बताइएको छ । सिटीमा हालान्डले कति कमाउछन् ? बेलायती सञ्चारमाध्यमका अनुसार हालान्डले प्रति साता ६ लाख युरो भन्दा बढी पारिश्रमिक लिनेछन् ।

त्यसका आधारमा हालान्डको पारिश्रमिक प्रतिदिन करिब ८६ हजार १ सय ९५ युरो हुनेछ । त्यो प्रिमियर लिगमा एउटा खेलाडीले पाउने सर्वाधिक रकम हो । हालान्ड सिटीमा आबद्ध हुनुमा अर्को कारण उनका लागि ७५ मिलिनय युरो खर्चन तयार भएको छ । पेप ग्वार्डिओलाको सिटीले उनसँग ५ वर्षका सम्झौता गरेको बताइएको छ ।

डर्टमन्डको भनाई केहि दिन अघि मात्र डर्टमन्डका जिम्मेवार पदाधिकारीले सिटीसँग हालान्डका लागि कुनै सम्झौता नभएको बताएका थिए । लाइसेनिङतर्फका प्रमुख सेबास्टिन खेले कुनै पनि टोलीले औपचारिक रुपमा प्रस्ताव नलाएको बताएका थिए । ‘त्यसमा केहि शर्त हरु छन् त्यो सर्बलाई थाहा छ, उने भनेका थिए, अहिले त्यस्तो केहि प्रस्ताव आएको छैन ।’

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.