default_image

2 years ago

April 19, 2022

सहारा एकेडेमीलाई एनआरएनएको सहयोग

107 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)–सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ ।

पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी झण्डै १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् ।

सहारा क्लब हङकङका पूर्व सल्लाहकार समेत रहेका टीका गुरुङबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग गदैै आएको छ । सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुनिल रानामगरले गरेका थिए ।

फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराद्वारा संचालित एकेडेमीमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका बालक गरी २६ जना आश्रित छन् । सहारा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको आयोजक हो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.