default_image

2 years ago

April 19, 2022

आयोजक मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको सेमिफाइनलमा

136 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताको चौथो दिन मंगलबार धनगढी रंगशालामा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक टोली अन्तिम चारमा पुग्न सफल भएको हो । वनदेवीका लागि दवै गोल चन्द्रा भण्डारीले गरिन् । चन्द्राले छैटौं मिनेटमा पहिलो गोल गरेकी थिइन् । उनले अर्को गोल सकिन एक मिनेट बाँकी रहँदा गरेकी थिइन् । वनदेवीले फाइनल पुगेका लागि विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नुपर्नेछ ।

प्लेयर अफ द म्याच बनेकी चन्द्राले ५ हजार सहित ट्रफी प्राप्तगरिन् । प्रतियोगिता बुधबार पहिलो सेमिफाइनल दुई विभागिय टोली एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । अर्को सेमिफाइनल बिहीबार हुनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहमागी छन् । विजेता टोलीले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिमाञ्चल प्रदेश खेलकुद परिषद् प्रतियोगिताको प्रबद्र्धक रहेको छ । धनगढीमा दिउँसो चर्को गर्मी हुने भएकोले पहिलो पटक फुटबल साँझमा खेलाइएको बताइएको छ ।

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

Success

Thank you for your time.