default_image

2 years ago

April 21, 2022

सुनसरीमा अध्यक्षमा राईसहित सबै सर्वसम्मत

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सुनसरी जिल्ला फुटबल सङ्घको अध्यक्षमा नविन राईसहित कार्यसमितिनै सर्वासम्मत चयन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रिय सदस्य दिपक राईको उपस्थितिमा धरानको एन्फा एकेडेमीमा बिहीबार सम्पन्न नवौं साधारसभाले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

१९ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की चयन भएका छन् । यस्तै महासचिवमा कोबिद जंङ कार्की, सचिव प्रताप तामाङ र कोषाध्यक्षमा सतिस के.सी सर्वसम्मत भए ।

यस्तै सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदर, पशुपति कुमार सरदार, केशव कुमार कार्की, खेमराज कोइराला, घनश्याम बुढाथोकी, धन बहादुर राई, हिमाल थापा मगर, देबिन्द्र बास्तोला, अकलेश कुमार राई, गोपाल कार्कि र महिला सदस्यमा शारदा लिम्बु सर्वसम्मत चयन भएका छन् ।

१७ क्लबका ३४ प्रतिनिधीको सहभागिता भएको अधिवेशनले ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनेको हो कार्यक्रममा बोल्दै एन्फा सदस्य राईले सुनसरी जिल्ला फुटबल संघ सक्रिय रहेकाले केन्द्रमा समेत प्रतिनिधित्वका लागि दाबी गर्न सक्ने बताए ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.