default_image

2 years ago

April 22, 2022

एन्फा जिल्ला निर्वाचन – काठमाडौंको अध्यक्षमा शाही नै निरन्तरता

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । शुक्रबार भएको साधारण सभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ ।

शाही यसअघि पनि अध्यक्ष रहेका तिए । उपाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनी यसअघि नेपाल भलिबल संघको विद्यालय कमिसनको संयोजक थिए । यस्तै अन्य दुई उपाध्यक्षमा मजेश शाक्य र प्रदिप लामा निर्वाचित भएका छन् ।

सदस्यमा राधाकृष्ण महर्जन, अजब श्रेष्ठ, पूर्णमान सिं, दिपाकुमारी खड्का, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत र काजिमान कङ्दवा निर्वाचित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ । उक्त निर्वाचनका लागि एन्फामा आबद्ध रहेका जिल्ला फुटबल संघको धमाधम निर्वाचन भरहेको छ । एन्फामा आबद्ध ४७ मध्ये हालसम्म ३० भन्दा बढी जिल्लाको निर्वाचन भइसकेको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.