default_image

2 years ago

April 22, 2022

महिला गोल्डकपको उपाधिमा एपिएफ र पुलिसको दावी

91 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् ।

धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् ।

शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाईनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् ।

‘पहिलोपटक लाईटमा खेल्दा आउने समस्याले गाह्रो भईरहेको छ । कुनै वेला लाईट विग्रिदा खेलको रिदम विग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन्, ‘महिला गोल्डकप पहिलोपटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पीयन हुन्छौ । त्यही हिसाबको तयारी छ ।’

एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए । ‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’ प्रशिक्षक थारुले भने–‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफले सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दावी गरेको छ । लामो समयपछि प्रतियोगिताहरुको फाईनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताईन् । ‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं ।’ कप्तान गुरुङले भनिन्–‘लाईटमा नयाँ अनुभव लिईरहेका छौं । रमाईलो पनि भईरहेको छ ।’

पुलिसका प्रशिक्षक संजीव जोशीले पनि जित्नकै लागि फाईनल खेल्ने बताए । ‘धेरै बर्षपछि फाईनल पुगेका छौं । जित्नको लागि खेल्छौं ।’ प्रशिक्षक जोशीले भने–‘मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भईरहेको छ । नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाईरहेको छ । राम्रै नतिजा आउँछ ।’ पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.