default_image

2 years ago

April 24, 2022

मिलानलाई पछि पार्दै इन्टर मिलान शीर्षस्थानमा उक्लियो

163 views

0 Bookmark

एजेन्सी – रोमामाथि सहज जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेलु मैदानमा रोमालाई ३–१ ले पराजित गरेपछि इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लोउटारो मार्टिनेजले गोल गरे । रोमाका हेनरिक मिखटरयानले एक गोल फर्काए ।

मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लोउटारो मार्टिनेजले गोल गरे । रोमाका हेनरिक मिखटरयानले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा डेन्जेल डम्फ्रेजको गोलबाट इन्टरले सुरुवाती अग्रता लिन सफल भयो । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा मार्सेलो ब्रोजोभिकले इभान पेरिसिसको पासमा गोल गर्दै इन्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५२औं मिनेटमा लोउटारो मार्टिनेजले हकान चलहानो ग्लुको पासमा गोल गर्दै इन्टर मिलानको जित पक्का गरे ।

इन्टर मिलानको जितले इटालियन सिरी ‘ए’ को उपाधि होड थप रोमाञ्चक बनेको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरको ३३ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाटै मिलानको ७१ अंक छ । अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.