default_image

2 years ago

April 24, 2022

लिग उपाधि जितेपनि पिएसजी समर्थकले रिसाउँदै मैदान छाडे

107 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिगको उपाधि जितेपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का समर्थकले खेल सकिनुअघि नै मैदान छाडेर क्लबविरुद्ध पुन: एकपटक रिस पोखेका छन् ।

पिएसजीले शनिबार लेन्सविरुद्ध १-१ को बराबरीमा रोकिएपनि ४ खेल बाँकी रहँदै लिग उपाधि जितेको हो । गत सिजन लिललाई उपाधि सुम्पिएको पिएसजीले लिओनेल मेस्सीको गोलको सहयोगमा उपाधि पक्का गर्यो । मेस्सीको सानदार गोलमा अग्रता लिएको पिएसजीले २ मिनेट बाँकी रहँदा गोल खाएपछि अंक बाँडेको थियो । मेस्सीले लिग अन्त्य नजिकिंदै गर्दा सिजनको चौथो लिग गोल गरे ।

पिएसजीको लिग उपाधिसँगै प्रशिक्षक माउरिसियो पोचेटिनोले करिअरको पहिलो लिग उपाधि उचाले । तर उनी समर्थकको व्यवहारलाई लिएर भने निराश देखिए । ‘हामी समर्थकसँग सम्बन्ध हेर्ने हो भने निकै खराब अवस्थामा छौं । आशा छ समयसँगै यसमा सुधार आउनेछ । हामी सबै किसिमको विरोधको सम्मान गर्छौं । तर त्यसो भनिरहँदा उपाधिको सम्मानको पनि अपेक्षा गरेका छौं,’ उनले भने ।

क्लबका अल्ट्रा समर्थकले उपाधिको खुसी खेलाडीसँग मनाउनुको सट्टा खेल सकिनुभन्दा १५ मिनेट अघि नै मैदान छाडेर विरोध जनाएका थिए । समर्थकहरु अझै पनि च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्ध बेहोरेको हारलाई लिएर रुष्ट छन् । खेल सकिएको १० मिनेट नबित्दै दर्शकदिर्घा खाली भएको थियो । खेलाडीले त्यसैकारण सबैतिर समर्थकहरुलाई ताली पनि बजाएनन् ।

क्लबका कप्तान मार्किन्हसले पनि उक्त वातावरण राम्रो नरहेको प्रतिक्रिया दिए । खेलपछि उनले क्यानल प्लसमा बोल्दै भने, ‘यो लज्जास्पद वातावरण हो । फुटबल हाम्रो भावना हो । हामी यहाँ सक्दो राम्रो गर्ने प्रयास गर्छौं । उपाधि जित्दापनि समर्थक साथमा नहुनु पक्कै लाजलाग्दो छ, तर हामी यो सामना गर्न तयार छौं ।’

पिएसजीले फ्रान्सेली लिगमा पछिल्लो १० मध्य ८ पटक उपाधि जितेको छ । यस उपाधिले भने पिएसजीले सेन्ट एतिएनसँग व्यावसायिक फुटबलमा प्रवेश गरेपछिको सर्वाधिक उपाधिमा बराबरी गरेको छ । पिएसजी गत सिजन लिलभन्दा १ अंक पछि पर्दै उपविजेतामा सिमित भएको थियो । यसपटक भने टोलीले दोस्रो स्थानको मार्सेभन्दा १६ अंक अग्रता लिइसकेको छ ।

पिएसजीले यस सिजन घरेलु मैदानमा हार बेहोरेको छैन । टोलीले १७ मध्य १५ खेलमा जित हासिल गरेको छ । जनवरी २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका पोचेटिनोले गत सिजनको फ्रेन्च कप र सुपर कपमा लिग उपाधि जोडेका छन् । यसका बाबजुद सिजनको अन्त्यमा उनको अवस्था अहिले नै के हुन्छ भन्ने अवस्था छैन । क्लबले लक्ष्य बनाएको च्याम्पियन्स लिग जित्न नसक्दा उनको भविष्यमा प्रश्न उठेको हो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.