default_image

2 years ago

April 25, 2022

बार्सिलोना घरमै स्तब्ध

162 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा घरेलु मैदानमै रायो भालेकानोसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो ।

नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले सातौ मिनेटमा इसी पालाजोनको पासमा गोल गर्न सफल भएका थिए ।

सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रायो भालेकानोको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो । यसअघि युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो ।

यो हारले बार्सिलोनाको ला लिगा उपाधि यात्रामा धक्का लाग्दा शीर्षस्थानको रियल म्याड्रिडलाई थप सहज भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको रियल भन्दा १५ अंकले पछि छ । रियलको ७८ तथा बार्सिलोनाको ६३ अंक छ ।

अब रियललाई च्याम्पियन बन्न स्पान्योलसँगको बराबरीको नतिजा नै पर्याप्त हुनेछ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४० अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.