default_image

2 years ago

April 26, 2022

लामा एन्फा महिला संघको अध्यक्षमा निर्वाचित

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्ष निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन् ।

४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रिय सदस्य र महिला समिति संयोजक पनि हुन् । तीन उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षकी अर्की प्रत्यासी रमा भट्टराईले ७ मत प्राप्त गरिन् ।

सात सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । जसमा निर्वतमान अध्यक्ष विन्द्रा देवा, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलुकु, सरस्वती श्रेष्ठ, लिला माया थापा, चन्द्र भण्डारी र विना श्रेष्ठ रहेका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी नन्दकला थापाको सम्झनामा अधिवेशनमा एक मिनेट मौन धारण गरिएको थियो । सोमबार राती उनको निधन भएको थियो ।

असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फा सदस्य संस्थाहरुको निर्वाचन गरिएको थियो । ३ जिल्ला बाहेक सबै सदस्य सस्थाको निर्वाचन सम्पन्न भएको छ । स्थगित सुर्खेत, गोरखा र सिन्धुलीको भने निर्वाचन केहि दिनमा तोकिने एन्फाले जनाएको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.