3 years ago
April 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशिक्षण क्याम्प छाडेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेको एन्फा स्रोतले जानकारी दियो ।
इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए । उनले टोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए । प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन् ।
रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन् । एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको स्रोतले जानकारी दियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यसबारे प्रशिक्षकसँग छलफल गर्ने बुझिएको छ ।
त्यसो त प्रशिक्षक अलमुताइरी विवादमा आएको यो पहिलो पटक होइन । यसअघि पनि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवाद तथा त्यसपछि पटक पटक अन्य सिनियर खेलाडीसँग उनको तिक्तता रहेको फुटबल वृत्तमा चर्चा थियो । उनले पटक पटक एन्फा नेतृत्वलाई राजिनामा दिने बताउँदै पनि आएका छन् । साफ च्याम्पियनसिपपछि त उनले नेपाल नै नफर्कने समेत बताएका थिए । तर त्यसको केहि सातामा नेपाल आएर उनले सम्झौता नविकरण गरेका थिए ।
पछिल्लो घटनाले भने एन्फा नेतृत्वलाई नै विवाद सुल्झाउन दबाब पर्ने देखिन्छ । समर्थकमाझ निकै चर्चामा रहेका अलमुताइरीले पटक पटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको पनि बुझिएको छ ।
यस्तै उनले यसअघि नेपाली प्रशिक्षकबारे दिएको अभिव्यक्तिलाई लिएर पनि सामाजिक संजालमार्फत प्रशिक्षक अलमुताइरीले बाहिरिएका खेलाडीको स्थानमा अन्य नयाँ खेलाडीलाई क्याम्पमा समावेश गर्न पनि सम्पर्क थालिसकेको एन्फा स्रोतले जानकारी दियो । यद्यपि एन्फा नेतृत्वले भने यसबारे यकिन जानकारी नआइसकेको बताएको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]