default_image

3 years ago

May 3, 2022

युनाइटेडको सहज जित

182 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले अर्को सिजन युरोपा लिगका लागि छनोटको सम्भावना बलियो बनाएको छ । प्रिमियर लिगमा गएराती ब्रेन्टफोर्डलाई ३–० ले हराउँदै युरोपा लिगको सम्भावना मजबुत बनेको छ ।

युनाइेटडलाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले गोल गरेका थिए । यो सिजन युनाइटेडको घरेलु मैदानमा त्यो अन्तिम खेल थियो । पछिल्ला चार खेलमा पहिलो जित निकालेपछि युनाइटेड अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

पाँचौं स्थानको टोटेनहम भन्दा युनाइटेड अझै ३ अंकले पछाडि छ । त्यसमाथि युनाइटेड टोटेनहमको भन्दा २ खेल बढी खेलेको छ । सातौं स्थानको वेस्ट ह्याम युनाइटेडको भन्दा युनाइटेड ६ अंकले अगाडि छ । प्रिमियर लिगको छैटौं स्थानको टोली युरोपा लिग र सातौं टोली युरोपा कन्फ्रेन्स लिगका लागि छनोट हुनेछन् ।

ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । रक्षक भारेनले ७२ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा यो सिजन रोनाल्डोले गोल संख्या १८ औं पुर्याएका छन् ।उनले शीर्षस्थानमा रहेका मोहम्मद सलाहसँगको गोल संख्याको दूरीलाई घटाएका छन् । गोल्ड बुटको दौडमा रहेको सलाहको २२ गोल छ ।

युनाइेटडले सिजनका अन्तिम २ खेल खेल्न बाँकी छ । आउने शनिबार टोलीले ब्राइट एन्ड होभ अल्बियोनसँग प्रतिस्पर्धा गर्नेछ । १४ औं स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा ८ अंक बढी छ । टोलीले अन्तिम ३ खेल खेल्न बाँकी छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.