default_image

3 years ago

May 6, 2022

रेन्जर्स र फ्रान्कफुर्ट युरोपा लिगको फाइनलमा

125 views

0 Bookmark

एजेन्सी – स्कटिस क्लब रेन्जर्स र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिगको फाइनलमा भिड्ने भएका छन् ।

रेन्जर्सले जर्मन क्लब आरबी लाइप्जिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ । रेन्जर्स पहिलो लेगमा १–० ले पराजित भएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा जित निकाल्दै फाइनल पुग्न सफल भयो ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । लाइप्जिगका क्रिस्टोफोर एनकुुकुले एक गोल फर्काए ।

खेलको १९औं मिनेटमा जेम्स टाभेनिएरले गोल गर्दै रेन्जर्सलाई सुरुवाती अग्रता दिलाउँदै लेगलाई समग्रमा १–१ गोलको बराबरीमा ल्याए ।

२४औं मिनेटमा ग्लेन कामराले गोल गर्दै रेन्जर्सको अग्रता दोब्बर पार्दा खेलमा समग्रमा पनि अग्रता लिन सफल भयो । ७१औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्काउने संकेत दिए । तर, ८१औं मिनेटमा जोन लन्डस्ट्रोमले गोल गर्दै रेन्जर्सको जित पक्का गरे ।

अर्काे खेलमा फ्रान्कफुर्टले इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई १–० ले तथा समग्रमा ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको छ ।

दोस्रो लेगमा १० खेलाडीमा समेटिएको वेस्टह्यामविरुद्ध फ्रान्कफुर्टको जितमा पहिलो हाफमा राफयल सान्तोस बोरेले गरेको गोल नै निर्णायक बन्यो । उनले २६औं मिनेटमा अन्सगर नफको पासमा गोल गरेका थिए ।

त्यसअघि १७औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुग्दा समस्यामा परेको थियो । आरोन क्रेसवेल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ७८औं मिनेटमा प्रशिक्षक डेभिड मोएस पनि रातो कार्ड खाँदै टचलाइन छोड्नुपर्दा टोली झनै समस्यामा पर्दा वेस्ट ह्यामले नतिजा उल्ट्याउन असमर्थ रह्यो ।

अब रेन्जर्स र फ्रान्कफुर्टले उपाधिका लागि स्पेनमा १८ मेको राति प्रतिस्पर्धा गर्नेछ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.