default_image

3 years ago

May 6, 2022

छानविनको माग गर्दै एन्फालाई एनएनआइपिएको पत्र

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका १० खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादका विषयमा छानविन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेको छ ।

एन्फा खेलाडी संघले घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न माग राखेपको प्रसंग उल्लेख गर्दै एनएनआइपिएले एन्फालाई छानविनका आग्रह गरेको छ । एन्फाले बुधबार एक सदस्यीय छानविन समिति गठन गरेको विभिन्न सञ्चारमाध्यमबाट जानकारी भएको पनि उल्लेख गरेको छ ।

एक सदस्यीय छानविन समितिबाट उचित न्यायिक छानविन हुने विषयमा एन्फा को कार्य समिति के अन्य पदाधिकारी लगायत पीडित खेलाडीहरुलाई विश्वसनीय नभएको मनि टिक्का–टिप्पणी समेत भइरहेको विषयमा एनएनआइपिएको ध्यानार्कषण रहेको छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई एनएनआइपिएले शुक्रबार बुझाएको पत्रमा भनिएको छ ।

पत्रमा अगाडि भनिएको छ, ‘पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानविन समिति एनएनआइपिएलाई पनि नीति सम्मत एवं व्यवहारिक नभएको बुझाई रहेको छ यसर्थ देशको गौरवसग जोडिएको गम्भिर विषयमा न्यायिक तथा प्रभावकारी छानविन गर्नको निमित्त न्युनत्तम वा सो भन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानविन समिति गठन गरी यथासिघ्र समाधानको लागि एनएनआइपिए माग गर्दछ ।’

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताईरीको व्यवहारका कारण वैशाख १३ गते क्याम्प छाड्न परेको थियो । एन्फा होस्टलमा न्यूनत्तम सुविधा नभएकाले टोलीमा होटलमा राख्नुपर्ने भन्ने खेलाडीको माग राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट हटाएपछि विवाद सुरुवात भएको थियो । कप्तान तथा गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका रोहित खेलाडीहरुको आपसी सल्लाहमा नै होटलमा राख्नुपर्ने भनाई राखेका थिए ।

रोहितले आफूहरुकै सामूहिक माग राखेको त्यसमा छलफल गर्न खेलाडीहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै अलमुताइरीले अन्य खेलाडीले पनि क्याम्प छाडे हुन बताएका थिए । त्यसपछि आफू क्याम्पबाट निस्केको खेलाडीहरुले पत्रकार सम्मेलनमार्फत वैशाख १५ गते जानकारी दिएका थिए ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामाले क्याम्प छाडेका थिए । अलमुताइरीले बिहीबार मात्र १७ नयाँ खेलाडीलाई टोलीमा समेटका छन् । त्यसरी समेटिएका मध्ये विकेश कुथुले भने आफू तत्काल टोलीमा आबद्ध हुन नसक्ने जनाएका छन् ।

क्याम्पबाट निकालिएका १० खेलाडीहरुले एन्फासँग घटनाको छानबिन गर्न र आफूहरु दोषी पाइए कारवाही गर्न समेत आग्रह गरेका थिए । घटनाका बारेमा एन्फाले अहिले सम्म आधिकारिक धारणा सार्वजनिक गरेको छ । यहि विषयमा छलफल गर्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले एन्फा बैठक राख्न अध्यक्ष कर्मा छिरिङ शेर्पासँग लिखित रुपमा माग गरेका थिए । वैशाख २५ गते एन्फा कार्यसमितिको बैठक बस्ने बताइएको छ ।

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.