default_image

2 years ago

May 11, 2022

एमबाप्पे म्याड्रिड पुग्दा..

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सुपर स्टार केलियन एमबाप्पे सोमबार म्याड्रिड पुगेका छन् । पिएसजीका सहकर्मी हाकिमी र नबिलसँगै उनी स्पेनको म्याड्रिड पुग्दा रियल म्याड्रिडसँगको प्रसंग स्वत जोडिएर आएको छ । एमबाप्पे म्याड्रिड पुगेपछि उनी अर्को सिजन रियलबाट खेल्ने सम्भावना झन् बलियो भएको अनुमान गरिएको छ । जबकी पिएसजीसँगको उनको सम्झौता अब […]

96 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सुपर स्टार केलियन एमबाप्पे सोमबार म्याड्रिड पुगेका छन् । पिएसजीका सहकर्मी हाकिमी र नबिलसँगै उनी स्पेनको म्याड्रिड पुग्दा रियल म्याड्रिडसँगको प्रसंग स्वत जोडिएर आएको छ ।

एमबाप्पे म्याड्रिड पुगेपछि उनी अर्को सिजन रियलबाट खेल्ने सम्भावना झन् बलियो भएको अनुमान गरिएको छ । जबकी पिएसजीसँगको उनको सम्झौता अब दुई महिना भन्दा पनि कम समय रहेको छ । आउने दिनमा एमबाप्पेले आफ्नो भविष्यको निर्णय लिनुपर्नेछ । उनको पछिल्लो यात्राले रियल जाने सम्भावनालाई थप बल दिएको छ ।

एमबाप्पेको यात्राले नयाँ अध्यायको सुरुवात गरेको अनुमान समेत गरिएको छ । रियलसँगको सम्झौताको प्रसंगसँगै एमबाप्पेले पिएसजीको सम्झौता नविकरण गर्ने चर्चा पनि चलेको छ । अर्कोतर्फ रियल भने एमबाप्पे अर्को सिजनका लागि आफ्नो क्लबमा आबद्ध हुनेमा आशावादी रहेको बताइएको छ । रियलले सम्झौता चाँडै हुने विश्वास लिएको छ ।

केहि सञ्चारमाध्यमले केहि दिनमा एमबाप्पले अबको यात्राको औपचारिक घोषणा गर्ने उल्लेख गरेका थिए । मे २१ मा मेन्ट्सविरुद्ध खेलेसँगै पिएसजीले यो सिजनको अन्त्य गर्दैछ । सम्भवत त्यसकै सेरोफरोमा उनले आफ्नो औपचारिक घोषणा गर्ने अनुमान गरिएको छ ।

एमबाप्पेकी आमा यति बेला दोहामा रहेकी छिन् । छोराको विषयलाई लिएर उनको भनाई दिनहुँ जस्तो आउने गरेको छ । उनले केहि दिन अघि एमबाप्पेले पिएसजीसँग सम्झौता नविकरण गरेको विषयलाई अस्वीकार गरेकी थिइन् । यद्दपी पिएसजीले प्रयास भने जारी राखेको बताइएको छ ।

एमबाप्पेकी आमा फायजा लामारी उनका भाई इथानका साथ दोहा पुगेका कारण पनि अनेक अनुमान गरिएको छ । गत साता पिएसजी र एमबाप्पेबीच दुई वर्षका लागि नयाँ सम्झौत भएको समाचार सार्वजनिक भएको थियो । त्यसमा थप अर्को सिजनको विकल्प पनि राखेको बताइएको थियो ।

एमबाप्पेले वार्षिक ५० मिलियन युरो र नयाँ सम्झौताको बोनस स्वरुप १ सय मिलियन पाउने सम्झौता भएको बताइएको थियो । तर त्यसलाई उनीकी आमाले भने अस्वीकार गर्दै आएकी थिइन् ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.