default_image

2 years ago

May 20, 2022

फिफा विश्वकपमा पहिलोपटक महिला रेफ्री

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फुटबलको इतिहासमा पहिलोपटक पुरुष विश्वकपको जिम्मेवारी महिला रेफ्रीलाई पनि दिने घोषणा गरेको छ । फिफा विश्वकप कतार २०२२ यसैवर्षको नोभेम्वर-डिसेम्वरमा हुँदैछ । त्यहाँ फिफा विश्वकपमा महिला रेफ्रीहरूले इतिहास रच्ने छन् । पुरुष विश्वकपको इतिहासमा पहिलोपटक र विश्वको लोकप्रिय विश्वकप फुटबलको पिचमा महिला रेफ्रीको टोली हुनेछ । फिफाले […]

114 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फुटबलको इतिहासमा पहिलोपटक पुरुष विश्वकपको जिम्मेवारी महिला रेफ्रीलाई पनि दिने घोषणा गरेको छ

फिफा विश्वकप कतार २०२२ यसैवर्षको नोभेम्वर-डिसेम्वरमा हुँदैछ । त्यहाँ फिफा विश्वकपमा महिला रेफ्रीहरूले इतिहास रच्ने छन् । पुरुष विश्वकपको इतिहासमा पहिलोपटक र विश्वको लोकप्रिय विश्वकप फुटबलको पिचमा महिला रेफ्रीको टोली हुनेछ ।

फिफाले तीन महिला रेफ्री र तीन महिला सहायक रेफ्रीहरू विश्वकपका लागि छनोट गरिसकेको छ । विश्वकप खेलाउने १२९ रेफ्रीमा ६ महिला रेफ्री रहनेछन् । कतारका लागि ६ महिला रेफ्रीको सूचीमा स्टेफानी फ्रापार्ट पहिलो स्थानमा छिन् । फ्रान्सेली महिला रेफ्रीले पुरुष विश्वकप छनोट खेलहरू, पुरुष च्याम्पियन्स लिग, सन् २०१९ महिला विश्वकपको फाइनललाई अफिसियल र भर्खरै उनले मेमा भएको पुरुष फ्रेन्च कपमा रेफ्रीको भुमिका निभाएकी थिइन् ।

फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले भने, ‘सदाझैं हामीले प्रयोग गरेको मापदण्ड पहिलो गुणस्तर हो, र छनोट गरिएका म्याच अधिकारीहरूले विश्वव्यापी रूपमा उच्च स्तरको रेफ्रीको प्रतिनिधित्व गर्छन् ।’

फिफा विश्वकप कतार २०२२ का महिला रेफ्री

कतारमा हुने २०२२ फिफा विश्वकपको ६४ खेलको लागि ३६ रेफ्रीको सूचीमा फ्रान्सकी स्टेफानी फ्रापार्टसँगै रुवाण्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशिता पनि परेका छन् । ६९ सहायक रेफ्रीमा ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट छिन् ।

‘मलाई आशा छ कि भविष्यमा महत्वपूर्ण पुरुष प्रतियोगिताहरूको लागि एलिट महिला म्याच अधिकारीहरूको छनोटलाई सामान्य कुराको रूपमा लिइनेछ र अब सनसनीपूर्ण जस्तो छैन,’ कोलिनाले भने, ‘उनीहरू फिफा विश्वकपमा हुन योग्य छन् ।उनीहरुले निरन्तर उच्च स्तरमा प्रदर्शन गर्छन् र यो हाम्रो लागि महत्वपूर्ण कारक हो ।’

फिफाले २०१९ मै ५० रेफ्री र सहायक रेफ्रीलाई विश्वकपको लागि तयारी थालेको थियो । तर, विश्वभर बढ्दो कोरोना महामारीका यो प्रभावित बन्न पुगेको थियो ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.