default_image

2 years ago

May 28, 2022

चेल्सी खरिद गर्न बोहलीलाई थप सहज

133 views

0 Bookmark

एजेन्सी – अमेरिकी ब्यापारी टोड बोहलीलाई इंग्लिस क्लब चेल्सी खरिद गर्र्ने बाटो थप सहज भएको छ । चेल्सीका हालका मालिक रोमन अब्रामोविचको पासपोर्ट पोर्चुगलको पनि रहेकाले टोडलाई पोर्चुगल सरकारको पनि स्वीकृति लिनुपर्नेमा अनुमति पाएपछि खरिदको बाटो थप सहज भएको हो ।

प्रिमियर लिग र बेलायत सरकारले पनि चेल्सी क्लब र त्यसको लाइसेन्स बिक्रीका लागि स्वीकृति दिइसकेको छ । अमेरिकी व्यापारी टोडले ४.२५ बिलियन पाउण्डमा चेल्सीलाई खरिद गर्ने तयारी गरेका छन् । पोर्चुगल सरकारको पनि स्वीकृति पाएपछि अब टोडले चेल्सीलाई आधिकारिक रुपमा आफ्नो स्वामित्वमा लिनेछन् ।

रसियाले युक्रेनमाथि आक्रमण गर्दा बेलायत सरकारले रोमनको सम्बन्ध रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसँग रहेको भन्दै उनलाई बेलायतमा बस्न र कुनैपनि ब्यापार गर्न प्रतिबन्ध लगाएको थियो । सोही कारण हालका मालिक रोमन अब्रामोभिचले बिक्री गर्नुपर्ने बाध्यता आएको थियो । अब्रामोभिचले चेल्सीलाई १९ वर्षअघि खरिद गरेका थिए । चेल्सीमा लगानी गर्दा रोमनले १.५ विलियन पाउण्ड तिर्न बाँकी रहेको ऋण पनि मिनाहा गरिदिने भएका छन् ।

अब टोडले २.५ विलियन पाउण्डमा क्लबको सेयर र बैंकमा तिर्न बाँकी रकममा लगाउनेछन् । १.७५ विलियन पाउण्ड भविष्यको लागि डिपोजिट गर्नेछन् । जसबाट क्लबको एकेडेमी, महिला टिम, चेल्सी फाउन्डेसन लगायतमा खर्च गरिनेछ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.