default_image

2 years ago

June 3, 2022

रोनाल्डोको अविश्वसनीय कीर्तिमान !

210 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अविश्वनीय कीर्तिमान बनाएका छन् । ३७ वर्षीय रोनाल्डो लगातार १६औं सिजन क्लब फुटबलमा क्लबको सर्वाधिक गोलकर्ता बन्दै अविश्वनीय कीर्तिमान कायम गरेका हुन् ।

जब क्रिस्टियानो रोनाल्डो स्पोर्टिङ सीपीबाट म्यानचेस्टर युनाइटेडमा सामेल भए, उनी एक कमजोर किशोर थिए जसले आफ्नो खुट्टामा बल राखेर विश्व जित्ने सपना देखेका थिए ।

म्यानचेस्टर युनाइटेडमा पहिलो सिजनमा उनले समर्थकको माया पाएपनि ४० खेलमा मात्रै ६ गोल गर्न सफल भएका थिए । यसको अर्थ उनले सुधार गर्नुपर्ने ठाँउ पर्याप्त थियो । दोस्रो र तेस्रो सिजनमा उनले आफ्नो स्कोरिङ क्षमतालाई सुधार गरे र विश्व फुटबलमा फिनिसर फरवार्डको रुपमा देखिन थाल्यो ।

उनको फिनिसिङ क्षमता उकालो लाग्न थाल्यो । उनको ड्रिब्लिङ कौशल अब उसको क्लिनिकल फिनिसिङसँग जोडिएको थियो जसले उनलाई खेलमा देखेको सबैभन्दा पूर्ण फर्वार्डहरू मध्ये एक बनायो । उनी आफ्नो नाममा २३ गोल गरेर युनाइटेडका सर्वाधिक गोलकर्ता बने र त्यसबेलादेखि उनी हरेक क्लबका लागि खेलेका हरेक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

३७ वर्षीय रोनाल्डो ४३८ खेलमा ४५० गोलसहित स्पेनिस क्लब रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । उनले लगातार छ सिजन एक सिजनमा ५० भन्दा बढी गोल गरेका छन् । जुन फुटबल इतिहासमा लगातार ६ सिजन ५० गोलको आकँडा पार गर्ने उनी पहिलो खेलाडी हुन् ।

उनी २०१४–१५ को सिजनमा निकै उच्च फर्ममा थिए । त्यतिबेला उनले रियलका लागि ६१ गोल गर्न सफल भएका थिए ।
आफ्नो करियरको उत्तरार्धमा पनि उनले आफ्नो प्रदर्शनलाई उच्च स्तरमा प्रदर्शन गर्न जारी राखेका छन् ।

म्यानचेस्टर युनाइटेडमा २४ गोलको साथ उनी क्लबको सर्वाधिक गोलकर्ता भए । ब्रुनो फर्नान्डेस १० गोलसहित दोस्रो स्थानमा रहे । यो उनी क्लब फुटबलका क्लबको तर्फबाट लगातार १६औं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन् । फुटबल इतिहासमा यस्तो गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् ।

म्यानचेस्टर युनाइटेड २००६–०७
रोनाल्डो – २३ गोल र वायन रोनी – २३ गोल

म्यानचेस्टर युनाइटेड २००७–०८
रोनाल्डो – ४२ गोल र कार्लाेस टेभेज –१९ गोल

म्यानचेस्टर युनाइटेड २००८–०९
रोनाल्डो – २६ गोल र वायन रोनी – २० गोल

रियल म्याड्रिड २००९–१०
रोनाल्डो – ३४ गोल र गोन्जालो हिगुआइन – २९ गोल

रियल म्याड्रिड २०१०–११
रोनाल्डो – ५३ गोल र करिम बेन्जेमा – २६ गोल

रियल म्याड्रिड २०११–१२
रोनाल्डो – ६० गोल र करिम बेन्जेमा – ३२ गोल

रियल म्याड्रिड २०१२–१३
रोनाल्डो – ५५ गोल र करिम बेन्जेमा – २० गोल

रियल म्याड्रिड २०१३–१४
रोनाल्डो – ५१ गोल र करिम बेन्जेमा – २४ गोल

रियल म्याड्रिड २०१४–१५
रोनाल्डो – ६१ गोल र करिम बेन्जेमा – २२ गोल

रियल म्याड्रिड २०१५–१६
रोनाल्डो – ५५ गोल र करिम बेन्जेमा – २८ गोल

रियल म्याड्रिड २०१६–१७
रोनाल्डो – ४२ गोल र अल्भारो मोराटा – २० गोल

रियल म्याड्रिड २०१७–१८
रोनाल्डो – ४४ गोल र ग्यारेथ बेल – २१ गोल

युभेन्ट्स २०१८–१९
रोनाल्डो – २८ गोल र पाउलो डिबाला – १० गोल

युभेन्ट्स २०१९–२०
रोनाल्डो – ३७ गोल र पाउलो डिबाला – १७ गोल

युभेन्ट्स २०२०–२१
रोनाल्डो – ३६ गोल र अल्भारो मोराटा – २० गोल

म्यानचेस्टर युनाइटेड २०२१–२२
रोनाल्डो – २४ गोल र ब्रुनो फर्नान्डेस – १० गोल

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.