default_image

2 years ago

June 8, 2022

केनको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

97 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपछि इंग्ल्यान्ड युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा हारबाट जोगिएको छ । इंग्ल्यान्डले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गरेका थिए । पाहुना टोलीलाई दवावमा राखेको जर्मनीले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो । जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएको थियो ।

तर, निर्धारित समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बन्यो । ८८औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई हारबाट जोगाए । पेनाल्टी बक्समा केनलाई निको स्लटरबेकले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।

यो बराबरीसँगै इंग्ल्यान्डले समूहमा पहिलो अंक जोडेको छ । इंग्ल्यान्ड पहिलो खेलमा हंगेरीसँग पराजित भएको थियो । जर्मनीको यो लगातार दोस्रो बराबरी हो । यो नतिजापछि जर्मनी २ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड १ अंक जोडेर पुछारमा छ । इटालीको ४ तथा हंगेरीको ३ अंक छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.