default_image

2 years ago

June 10, 2022

जापानको सानदार जित

80 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र जापानले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा जापानले अफ्रिकी प्रतिद्धन्द्धी घानामाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।

नोइभिर स्टेडियम कोवेमा शुक्रबार साँझ भएको खेलमा घरेलु टोलीको सहज जितमा मिकी यामाने, काओरु मितोमा, ताकेफुसा कुवो र दाइजेन माइदाले गोल गरे । घानाका जोर्डन एयुले एक गोल फर्काए ।

खेलको २९औं मिनेटमा मिकी यामानेको गोलबाट जापानले सुरुवाती अग्रता लिएको थियो । ४४औं मिनेटमा जोर्डन एयुले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काओरु मितोमाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

७३औं मिनेटमा ताकेफुसा कुवोले गोल गर्दै खेललाई ३–१ ले अघि बढाए । ८२औं मिनेटमा दाइजेन माइदाले गोल गर्दै जापानको फराकिलो जित पक्का गरे ।

अर्काे मैत्रीपूर्ण खेलमा ट्युनिसियाले चिलीलाई २–० ले पराजित गरेको छ । ट्युनिसियाको जितमा अली एब्दी र इसाम जेवालीले गोल गरे । चिलीका डिएगो भ्यालेन्सियाले अन्तिम समयमा पेनाल्टी चुकाएका थिए ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.