default_image

2 years ago

June 13, 2022

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्षस्थानमा उक्लियो

151 views

0 Bookmark

एजेन्सी – चेक रिपब्लिकमाथि सहज जित निकाल्दै स्पेन युइएफए नेसन्स लिग ए ग्रुप २ मा शीर्षस्थानमा उक्लिएको छ । स्पेनले घरेलु मैदानमा चेक रिपब्लिकमाथि २–० को सहज जित निकालेको हो ।

अर्काे खेलमा पोर्चुगलले हार बेहोरेपछि स्पेन शीर्षस्थानमा उक्लन सफल भयो । स्पेनको मालगामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कार्लाेस सोलेर र पाब्लो सारावियाले गोल गरे । स्पेनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।

खेलको २४औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भयो । त्यसपछि ७५औं मिनेटमा परिवर्तित खेलाडी पाब्लो सारावियाले गोल गर्दै स्पेनको जित पक्का गरे ।

७२औं मिनेटमा मार्काे एसेन्सियोको स्थानमा मैदान छिरेका पाब्लोले मैदान छिरेको तेस्रो मिनेटमै अर्का परिवर्तित खेलाडी फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै अपराजित रहेको स्पेन ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । स्पेनले समान २ जित र हारको नतिजा निकालेको छ । पराजित चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पोर्चुगल ७ अंक जोडेर दोस्रो स्थानमा झर्दा स्वीट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भएको छ । स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै सिल्भान विडमेरको पासमा गोल गर्न सफल भएका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.