default_image

2 years ago

June 13, 2022

पोचेटिनोले पिएसजी छाड्ने

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पिएसजीमा पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि पिएसजी […]

92 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् ।

पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पिएसजीमा पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएपछि पिएसजी पोचेटिनोसँग असन्तुष्ट रहेको अनुमान गरिएको छ ।

पोचेटिनो सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तत्कालिन मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पिएसजीले यसअघि इंग्लिस क्लब टोटेनहम हटस्परका प्रशिक्षक रहिसकेका पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको दिएको थियो । यता, टुचेलले इंग्लिस क्लब चेल्सीको प्रशिक्षण सम्हाल्दै टोलीलाई च्याम्पियन्स लिग जिताउन सफल भएका थिए ।

पोचेटिनोले पिएसजीलाई फ्रेन्च लिग वानसँगै कप दि फ्रान्स र ट्रफी डेस च्याम्पियन जिताएका छन् । तर, खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको पिएसजीको लक्ष्य च्याम्पिन्स लिग जित्ने नै रहेको छ ।

युवा स्टार केलियन एमबाप्पे र ब्राजिली नेयमारको साथ पाएको पिएसजीले गत सिजन अर्जेन्टिनी लियोनेल मेस्सीलाई पनि अनुबन्ध गरेको थियो । तर, टोली प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन ।

पोचेटिनोको नेतृत्वमा पिएसजीले ९५ खेल खेलेको छ । जसमा ५५ जित, १५ बराबरी र १४ हारको नतिजा छ । पिएसजीले नयाँ प्रशिक्षकका लागि जिनेदिन जिदान, जोसे मौरिन्हो र क्रिस्टोफे गाल्टिएरलागयतसँग छलफल गरिरहेको छ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.