default_image

2 years ago

June 25, 2022

शुभकामना गोल्डकपको उपाधिका लागि एभिनियर र हेम्जा भिड्दै

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको उपाधिका लागि आज (शनिबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेड प्रतिस्पर्धा गर्दैछ । फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० ले तथा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । […]

52 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको उपाधिका लागि आज (शनिबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेड प्रतिस्पर्धा गर्दैछ ।

फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० ले तथा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो ।

फाइनल खेल अघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले एभिनियर शारिरीक रुपमा बलियो रहेपनि टोली फाइनलको लागि तयार रहेको बताएका छन् । एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिएका छन् ।

असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.