default_image

2 years ago

July 12, 2022

सय मिलियन युरोका खेलाडी : कसले कस्तो खेले ?

102 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले सन् २०१३ मा इंंग्लिस क्लब टोटेनहम हटस्परबाट वेल्सका ग्यारेथ बेललाई अनुबन्ध गर्न १ सय मिलियन युरो खर्चियो । यस ट्रान्सफरसँगै बेल १ सय मिलियन युरोमाथि सम्झौताको ट्रान्सफरमा संलग्न हुने पहिलो खेलाडी बने ।

बेल १ सय मिलियन युरो क्लबमा प्रवेश गर्ने पहिलो खेलाडी बन्दा अहिले उक्त सुचिमा १२ सदस्य छन् । तर थोरैले बेलले पाएको सफलता पछ्याउने संकेत गरेका छन् । बेलले रियल म्यड्रिडका लागि २५८ खेलमा १०६ गोल र ६७ असिस्ट दिए । एमएलएस क्लब लस एन्जेलस एफसी जानुअघि उनले रियलबाट पाँच च्याम्पियन्स लिगसहित १६ उपाधि जिते ।

सय मिलियन युरोभन्दा बढीमा किनिएका अन्य खेलाडीहरूको प्रदर्शन हेर्दा बेल निकै प्रभावशाली देखिएका छन् । गत समरमा इटालियन क्लब इन्टर मिलानबाट १ सय १३ मिलियन युरोमा चेल्सीमा आवद्ध भएका रोमेलु लुकाकु एक वर्षपछि लोनमा इटाली नै फर्कदा उनी यो सुचिमा सबैभन्दा खराब खेलाडी दरिएका छन् ।

नेयमार (पिएसजी, २०१७–२२२ मिलियन युरो)

फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्याटलान क्लब बार्सिलोनाबाट ब्राजिली फरवार्ड नेयमारलाई विश्वकीर्तिमानी २२२ मिलियन युरो खर्च गरेर क्लबमा आबद्ध गर्यो । तर लगातारको चोटका कारण उनीबाट पिएसजीले अपेक्षाकृत सफलता हात पारेन ।

उनीसँग ११४ खेलमा १ सय गोल र ६० असिस्ट छ । यो उनको उत्कृष्ट उपस्थिति हो । उनीसँग ११ उपाधि छन् । तर, उनलाई अनुबन्ध गर्नुको मुख्य लक्ष्य च्याम्पियन्स लिग उपाधि उनले फ्रान्सेली क्लबबाट जितेका छैनन् ।

केलियन एमबाप्पे (पिएसजी, २०१८–१८० मिलियन युरो)

नेयमारलाई विश्व कीर्तिमानी मुल्यमा भित्र्याएको अर्काे वर्ष पिएसजीले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई मोनाकोबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सफल भयो । यसै समरमा रियलको आकर्षक प्रस्तावलाई अस्वीकार गर्दै पिएसजीसँग थप तीन वर्षको नयाँ सम्झौता गरेका एमबाप्पेले पिएसजीका लागि २१६ खेलमा १७० गोलसँगै ८८ असिस्ट दिएका छन् ।

औसमाने डेम्वेले (बार्सिलोना, २०१७–१४० मिलियन युरो)

नेयमारको बर्हिगमनसँगै क्याटलान क्लब बार्सिलोनाले उनको विकल्पमा प्रतिस्थापनको खाँचो परेको थियो । उनीहरुले फ्रान्सेली औसमाने डेम्वेले फेला पारे । यि विंगरलाई बार्सिलोनाले मोटो रकम खर्चियो । तर, यि विंगर पनि बार्सिलोनामा धेरै समय चोटले ग्रस्त बन्यो । उनी यो सिजन निः शुल्क ट्रान्सफरमा बाहिरिन सक्थे । तर जाभी हर्नान्डेजको आगमनसँगै उनले बार्सिलोनामा सम्झौता नविकरण गर्ने बुझिएको छ ।

फिलिपे कौटिन्हो (बार्सिलोना, २०१८–१३५ मिलियन युरो)

प्रभावशाली मिडफिल्डर आन्द्रेस इनिएस्टाले पनि क्लब छाडेको अवस्थामा क्याटलान बार्सिलोना टिम पुनर्निर्माणमा रह्यो । बार्सिलोनाले डेम्वेलेसँगै अर्काे वर्ष ब्राजिली फिलिपे कौटिन्होलाई १३५ मिलियन युरोमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गर्न सफल भयो ।

एनफिल्डमा दमदार प्रदर्शन गरेका कौटिन्होले सुरुवाती समयमा राम्रो सुरुवात गरेपनि नोउक्याम्पमा भने जम्न सकेनन् । उनी त्यसपछि लोनमा बायर्न म्युनिख र एस्टन भिल्लामा पुगे । अहिले उनी स्थायी रुपमा एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।

जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड, २०१९–१२७.२ मिलियन युरो)

एट्लेटिको म्याड्रिडले युरोपको सबैभन्दा चर्चित युवा प्रतिभामा जोखिम लिएर पोर्चुगिज क्लब बेन्फिकाका गोल्डेन ब्वायलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चियो । उनले प्रशिक्षक डिएगो सिमिओनको नेतृत्वमा आफ्नो प्रतिभाको संकेत देखाएका छन् । तर, उनले सिमिओनले सोचेजस्तो प्रदर्शन देखाउन सकेका छैनन् । युवा फेलिक्ससँग अझै समय भने बाँकी छ ।

एन्टोइन ग्रिजम्यान (बार्सिलोना, २०१९ –१२० मिलियन युरो)

क्याटलान क्लब बार्सिलोनाले विश्व विजेता फ्रान्सेली एन्टोइन ग्रिजमनलाई ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट मोटो रकममा अनुबन्ध गर्यो । तर, उनी पनि क्याम्प नोउमा जम्न सकेनन् । एट्लेटिको म्याड्रिड फर्कनुअघि उनले बार्सिलोनाका लागि १०१ खेलमा ३३ गोल र १४ असिस्ट दिए ।

ज्याक ग्रेलिस (म्यानचेस्टर सिटी, २०२१–११७.५ मिलियन युरो)

इंग्लिस फरवार्ड ज्याक ग्रेलिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका हीरा नै थिए । सबैले ग्रेलिस चाहन्थे, तर सिटीले उनलाई अनुबन्ध गर्न ठूलो खर्च गर्यो । उनले गत सिजन थोरै खेले तर ३९ खेलमा १० गोल मात्रै योगदान गरेका थिए । खर्चेको रकमसँग तुलना गर्दा यो खराब सुरुवात त हो । तर उनीबाट धेरै आशा राखिएको छ ।

क्रिस्टियानो रोनाल्डो (युुभेन्ट्स, २०१८–११७ मिलियन युरो)

युभेन्ट्समा पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रदर्शन गज्जबकै थियो । उनले १३४ खेलमा १०१ गोल र २२ असिस्ट दिएका थिए । तर टुरिनमा उनको समयमा इन्टर मिलान र अहिले एसी मिलानले च्याम्पियन बनेपछि युभेन्ट्सले सिरी एमा आफ्नो पकड गुमायो ।

उनले युभेन्टसलाई च्याम्पियन्स लिगको जिताउन पनि असफल भए । उनी गत सिजन नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किसकेका छन् ।

इडेन हाजार्ड (रियल म्याड्रिड, २०१९–११५ मिलियन युरो)

इंग्लिस क्लब चेल्सीसँग चम्किएपछि बेल्जियन फरवार्ड इडेन हाजार्डले एक वर्षअघि क्रिस्टियानो रोनाल्डोको बाहिरिएको लस ब्लान्कोसलाई मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर उनले तीन वर्षमा केवल ६६ पटक मात्रै खेलेका छन् । लगातार चोटसँग जुधेका उनी आफ्नो पुरानो लयमा फर्कन सकेका छैन ।

रोमेलु लुकाकु (चेल्सी, २०२१–११३ मिलियन युरो)

बेल्जियन फरवार्ड रोमेलु लुकाकुको स्टामफोर्ड ब्रिजमा दोस्रो स्पेल राम्रो हुन सकेन । गत सिजन कीर्तिमानी मुल्यमा चेल्सी आएका लुकाकुले ४५ खेलमा १५ गोल गर्न सफल भए ।

तर, प्रशिक्षक थोमस टुचेलसँग सम्बन्ध राम्रो हुन नसकेका कारण उनले लगातार मौकासँगै सोचेअनुरुपको खेल पस्कन सकेनन् । उनी यसै समरमा लोनमा इन्टर मिलान फर्किएका छन् ।

पउल पोग्बा (म्यानचेस्टर युनाइटेड, २०१६–१०५ मिलियन युरो)

फ्रान्सेली आक्रमक मिडफिल्डर पउल पोग्वा २०१६ मा म्यानचेस्टर युनाइटेड फर्किए । उनले युनाइटेडबाट २३३ खेलमा ३९ गोल र ५१ असिस्ट दिएका छन् । युनाइटेडको एकेडेमीमा हुर्केका उनले क्लबमा फर्केपछि भने सोचे जस्तो प्रदर्शन गर्न सकेकन् ।

पोग्वाले युनाइटेडबाट युरोपा लिग जित्न सफल भए । तर प्रशिक्षक परिवर्तनसँगै क्लबमा उनको राम्रो हुन सकेको छैन । उनी यसै समर फ्रि ट्रान्सफरमा युभेन्ट्स फर्कने पक्का भएको छ ।

स्पेनिस पत्रिका मार्काको सहयोगमा।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.