default_image

2 years ago

July 9, 2022

रियल म्याड्रिडका फरवार्ड फियोरेन्टिनामा अनुबन्धित

126 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिक इटालियन क्लब फियोरेन्टिनामाअनुबन्धित भएका छन् ।

फियोरेन्टिनाले २४ वर्षीय जोभिकलाई दुई वर्षको लागि सम्झौता गरेका छन् । यस्तै क्लबसँग सम्झौता थपको विकल्प पनि रहेको छ ।

२०१९ मा जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टमा सनसनीपूर्ण प्रदर्शन गरेपछि रियलले उनलाई ६० मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । तर उनले रियलमा आफ्नो प्रभाव जमाउन नसकेपछि सिजनको अन्त्यसँगै क्लब छाड्ने मनासय बनाएका थिए ।

रियलमा तीन सिजन बिताएर उनी इटाली आएका हुन् । रियलमा उनले साँढे २ वर्षमा ५१ खेल खेल्दा केवल ३ गोल मात्रै गर्न सफल भए । गत सिजनको विन्टर ट्रान्सफरमा उनी लोनमा पुनः फ्रान्कफुर्ट फर्किएका थिए । फ्रान्कफुर्टमा उनले १८ खेलमा ४ गोल गरे ।

रियलबाट उनले २ पटक स्पेनिस ला लिगा र समान एक पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कप जितेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.