default_image

2 years ago

July 10, 2022

कान्टे र रुवेनले चेल्सीको प्रि–सिजन भ्रमण गुमाउने

125 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय एनगोलो कान्टे र रुवेन लफटस चिकले क्लबको प्रि–सिजनको अमेरिका भ्रमण गुमाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को खोपको स्थितिका कारण उनीहरु दुवैले अमेरिका भ्रमण गुमाउने भएको क्लबले जनाएको छ । चेल्सीका टोली शनिबार प्रि–सिजनको लागि अमेरिकाको लस एन्जलस भ्रमणमा निस्किसकेको छ ।

कोरानाविरुद्धको पुर्ण खोप नलगाएका व्यक्तिलाई अमेरिका प्रवेशमा निषेध छ । कान्टे र चिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छैनन् । अहिले अमेरिकी नागरिकलाई मात्रै पूर्ण खोप नलाएपनि प्रवेश अनुमति दिने गरेको छ । अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा त्यो छुट छैन ।

‘कान्टे र चिकले कोभिडको पूर्ण खोप नलगाएका कारण हामीसँग यात्रा गर्दैनन् ।’ चेल्सीले विज्ञप्तिामा भनेको छ । चेल्सीले अमेरिकाका तीन प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्दैछ । चेल्सीले जुलाईमा १७ मा लस भेगासमा मेक्सिकोको क्लब अमेरिका, २१ जुलाईमा बैंक अफ अमेरिकामा चार्लाेट एफसी, र २३ जुलाईमा फ्लोरिडामा लन्डन प्रतिद्धन्द्धी आर्सनलसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

चेल्सीको अमेरिका भ्रमण टोलीमा गत सिजनभर नै घाइते रहेका बेन चिलवेल र कलम हड्सन ओडोईलाई टोलीमा समावेश गरिएको छ । लोन अमधि पुरा गरेका कोनोर गालाघर, बिल्ली गिलमोर, इथान एम्पाडु र मिची बात्सुयाई पनि भ्रमण टोलीमा रहेका छन् । गत सिजन लोनमै साउथह्याम्टनमा प्रभाव जमाएका अर्मान्डो ब्रोजा पनि अर्काे सातादेखि टोलीमा सामेल हुने बताइएको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.