default_image

2 years ago

July 11, 2022

ब्राजिली राफिन्हा बार्सिलोना जाने सम्भावना

95 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड राफिन्हा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक पुगेको छ । बार्सिलोनाले इंग्लिस क्लब लिड्स युनाइटेडका राफिन्हालाई ६३ मिलियन पाउन्ड खर्चने खर्चने तयारी गरेको छ ।

जसमा ५५ मिलियन पाउन्ड पारिश्रमिक र ८ मिलियन पाउन्ड एड अन रहेका छन् । यसमा तीनै पक्ष सकरात्मक रहेको छ । राफिन्हाको चाहना पनि बार्सिलोना जाने रहेको छ ।

क्लबको आर्थिक स्थितिका कारण बार्सिलोनाले राफिन्हा अनुबन्ध गर्न नसक्ने रिपोर्टहरु सार्वजनिक भएपनि टेलिभिजन राइट्सले बार्सिलोनाले आफ्नो आर्थिक पक्ष सुधार गरेको बुझिएको छ । क्लबबाट सरुवा हुने चर्चा चलेसँगै लिड्सले राफिन्हालाई आफ्नो टोलीमा समेटेको छैन ।

पछिल्लो समय इंग्लिस क्लब चेल्सी पनि राफिन्हा अनुबन्धको दौडमा उभिदा बार्सिलोना नै अघि रहेको बुझिएको छ । यो खबर चेल्सीका प्रशिक्षक थोमस टुचेललाई झट्का नै रहने छ । राफिन्हा अनुबन्ध गर्न नसके चेल्सीले म्यानचेस्टर सिटीका इंग्लिस विंगर रहिम स्टर्लिङको अनुबन्धलाई अन्तिम रुपमा दिने प्रक्रियालाई अघि बढाउनेछ ।

रहिम मेडिकलका लागि लन्डन पुगिसकेका छन् । उनी चेल्सीको अमेरिका भ्रमणमा सामेल हुने बुझिएको छ । म्यानचेस्टर सिटीको डिफेन्डर नाथन एके पनि स्टामफोर्ड ब्रिज फर्कने तयारीमा छन् ।

लिड्समा दुई सिजन बिताएका २५ वर्षीय राफिन्हाले ६७ खेलमा १७ गोल गरेका छन् । २०२१ देखि ब्राजिलको सिनियर टोलीमा रहेका राफिन्हाले ९ क्याप जित्दा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.