default_image

2 years ago

July 12, 2022

कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा

85 views

0 Bookmark

एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरिन् ।

गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ६–० को एकपक्षीय फराकिलो अग्रता लिदा दोस्रो हाफमा दुई गोल थपेको थियो । महिला युरोमा एकै हाफमा ६ गोल र एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो ।

यसअघि महिला र पुरुष युरोमा पछि ६ गोलसम्मको कीर्तिमान रहेको थियो । यसअघि सोमबार राति मात्रै फ्रान्सले इटालीलाई ५–१ ले पराजित गर्दा पहिलो हाफमै ५ गोल गर्दै नयाँ कीर्तिमान बनाएको थियो । फ्रान्सको कीर्तिमान एकै दिनमा भंग भएको हो ।

यस्तै यसअघि इंग्ल्यान्डले २०१७ मा स्कटल्यान्डलाई ६–० ले तथा जर्मनीले २००९ मा इंग्ल्यान्डलाई फाइनलमा ६–२ ले पराजित गरेको थियो ।

लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेर एक खेल बाँकी छँदै नकआउट चरणमा पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा अष्ट्रियालाई १–० ले पराजित गरेको थियो । नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो जित निकालेको अष्ट्रिया दुई खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

समान ३ अंक नै रहेपनि नर्वे गोल अन्तरमा पछि छ । नर्दन आयरल्यान्डको अंकको खाता खोल्न सकेको छैन । अब यो समूहबाट नर्वे र अष्ट्रियामा सफलता हात पार्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.