default_image

2 years ago

July 13, 2022

पिएसजी खेलाडी विक्री गर्न आतुर

135 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमा पछिल्लो सिजन स्टार खेलाडीको आगमन भयो । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले यसका बाबजुद च्याम्पियन्स लिगमा टोलीलाई सेमिफाइनलसम्म पनि पुर्याउन सकेनन् ।

यस सिजनको सुरुवातमा नै क्लबले प्रशिक्षक परिवर्तन गर्दै क्रिस्टोफ गाल्तिएरलाई नियुक्त गरेको छ । फ्रान्समा आफूलाई प्रमाणित गरिसकेका गाल्तिएरले औसत खेलाडीबाट पनि राम्रो नतिजा निकालेको इतिहास छ । त्यसैले उनले यसपटक टोलीमा आवश्यक नभएका खेलाडी विक्री गर्ने लक्ष्य राखेका छन् । यसले टिमको व्यवस्थापनमा पनि सहज हुन्छ ।

क्लबमा यसअघि स्पोर्टिङ डाइरेक्टरको भूमिकामा रहेका लिओनार्दोले खेलाडी अनुबन्धमा राम्रो भूमिका खेलेका थिए । तर खेलाडी बेच्न भने उनले सोचेजस्तो गर्न सकेनन् । पिएसजीले उनको स्थानमा लुइस काम्पोस र एन्तेरो हेनरिकेलाई भित्र्याएको छ । काम्पोस र हेनरिकेको युरोपेली फुटबलमा राम्रो सम्बन्ध रहेकाले उनले खेलाडी विक्रीमा रकम जम्मा गर्न सक्ने क्लबको अपेक्षा छ ।

पिएसजीले सन् २०१७ दखि १९ को बिचमा पनि हेनरिकेसँग काम गरेको थियो । त्यसबेला उनले गोन्कालो ग्वेडेसलाई भ्यालेन्सियामा ४० मिलियन युरोमा बेचेका थिए । उक्त रकम हालसम्म पनि पिएसजीले पाएको सर्वाधिक ट्रान्सफर रकम हो । त्यस्तै युरी बेर्सिसेको विक्रिमा पनि क्लबले २४ मिलियन युरो पाएको थियो ।

यसपटक क्लबले पिएसजीको सिनियर टोलीमा नियमित पर्न नसक्ने नाम चलेका खेलाडीलाई विक्री गर्ने लक्ष्य राखेको छ । उक्त सुचिमा अर्जेन्टिनी मिडफिल्डर लिआन्द्रो पारेडेस शीर्षमा छन् । म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्न इच्छा देखाएको छ । यसबाहेक डिफेन्डर अबोउ डियालो र युवा खेलाडी कलोमुएन्दो पनि विक्री सुचिमा रहेका छन् ।

यसबाहेक मोटो तलब बुझिरहेका मिडफिल्डर जिओरजिनियो वाइनाल्डम, फरवार्ड माउरो इकार्डी र डिफेन्डर लेभिन कुर्जावा पनि विक्री सुचिमा छन् । तर अन्य क्लबले पिएसजी जस्तो तलब दिन नसक्ने कारण यी खेलाडी अन्यत्र जाने सम्भावना कम छ । जुलियन ड्राक्सलर र ड्यानिलो पनि यसै समस्याका कारण पिएसजीमा अडेका छन् । पिएसजीमा हाल ३५ जना खेलाडी रहेका छन् ।

क्लबले स्टार फरवार्ड किलीयन एमबाप्पेसँग लामो छलफलपछि सम्झौता नवीकरण गरेको छ । लिओनेल मेस्सी र नेयमार पनि क्लबमा नै रहने देखिन्छ । तर गाल्तिएरले राम्रो रकम आएको खण्डमा नेयमारको विकल्पमा अन्य खेलाडी हेर्न पनि सक्छन् । यसमा क्लबको व्यवस्थापनले बढी भूमिका खेल्नेछ ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.