default_image

2 years ago

July 13, 2022

रुनी डिसी युनाइटेडको प्रशिक्षक नियुक्त

84 views

0 Bookmark

एजेन्सी – एमएलएसमा फुटबलको अर्को ठूलो नाम जोडिएको छ । इग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान समेत रहेका वाइने रुनी औपचारिक रुपमै डिसी युनाइटेडम आबद्ध भएका छन् । यद्दपी उनी खेलाडीका रुपमा नभई टोलीको नयाँ प्रशिक्षकका रुपमा आबद्ध भएका हुन् ।

युनाइटेडले मंगलबार औपचारिक रुपमा रुनीलाई आफ्नो प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो । उनी डिसी युनाइटेडमा आबद्ध हुने यसअघि नै चर्चा चलिरहेको थियो । सम्झौताका केहि बुदामा प्रष्ट हुनका लागि केहि समय लागेको बताइएको थियो । टोली अहिले कठिन अवस्थामा रहेकोले त्यसमा सुधार गर्न प्रयास गर्ने रुनीले बताएका छन् ।

रुनीका चुनौती
‘पक्कै चुनौती छ । तर त्यसको सामना गर्नका लागि म यहाँ आएको छु । टोलीलाई पुनः सफलता दिलाउनका लागि प्रयास गर्नेछु,’ पत्रकार सम्मेलनमा रुनीले भने । गत साता मात्र युनाइटेड फिलाडेफिल युनियनसँग ७–० ले पराजित भएको थियो । हारपछि टोलीले इस्टन कन्फ्रेन्सको अंकतालिकाको पुछारमा रहेको छ । टोलीले यो सिजन १० खेलमा हार बेहोरिसकेको छ ।

प्ले अफको सम्भावना

खराब प्रदर्शनका बाबजुद टोलीले आउने खेलमा सफलता प्राप्त गरेको खण्डमा प्ले अफमा पुग्ने सम्भावना भने यथावत छ । प्ले अफका लागि टोलीलाई ९ अंकको आवश्यकता रहेको छ । केहि खेलमा जित हासिल गरेको खण्डमा पनि टोली प्ले अफको यात्रामा अघि बढ्न सक्छ । रुनीको काँधमा टोलीलाई अघि बढाउने जिम्मेवार परेको छ । उनले टोलीका खेलाडीलाई समेत भेटिसकेका छन् । बुधबार युनाइटेडले कोलम्बस क्र्यूसँग प्रतिस्पर्धा गर्दैछ ।

रुनी फुटबलका महान खेलाडी मध्येका एक हुन् । प्रशिक्षणमा पनि उनले राम्रो गर्न सक्नेछन् । युवा प्रशिक्षकका रुपमा उनले आफूलाई अघि बढाइसकेका छन् । टोलीलाई कसरी नेतृत्व गर्ने भन्ने उनलाई राम्रो जानकारी छ, पत्रकार सम्मेलनमा डिसी युनाइटेडका सह मालिक स्टिभ काप्लानले बताएका छन् ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.