default_image

2 years ago

July 13, 2022

रियलमा रोड्रिगोको सम्झौता नविकरण

113 views

0 Bookmark

एजेन्सी – रोड्रिगो गोएसले रियल म्याड्रिडसँगको सम्झौता सन् २०२८ सम्मका लागि नविकरण गरेका छन् । उनको पारिश्रमिक वृद्धि हुनुका साथै रिलिज क्लज एक विलियन युरो राखिएको छ । रोड्रिगो र क्लबबीच सहमति गत साता नै भएपनि औपचारिक रुपमा नविकरण भने केहि दिन अघि भएको बताइएको छ । यद्दपी मिति भने खुलाइएको छैन ।

यसअघिको सम्झौतापछि उनी अर्को ३ सिजन रियलमा रहेछन् । उनको व्यवहार र प्रदर्शनकै कारण नयाँ नविकरण सम्झौता भएको बताइएको छ । अघिल्लो सिजनको अन्त्यमा भने उनको भविष्यलाई लिएर शंका गरिएको थियो । गत अप्रिल यता भने रियलको सफलतामा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

त्यसयता उनले ७ गोल गर्नुका साथै १३ एसिस्ट गरेका थिए । जसमा उनको त्यस्ता ३ गोल गरेका छन् जसले रियल १४ औं पटक च्याम्पियन्स लिग विजेता बन्न सफल भएको थियो । उनले च्याम्पियन्स लिगको चेल्सीविरुद्धको क्वार्टरफाइनलको थप समयको गोल र म्यानचेस्टर सिटीविरुद्ध सेमिफाइनलमा २ गोल गरेका थिए ।

ठूलो सफलतापछि विदामा गएका रोड्रिगो नयाँ सिजनमा पहिलो रोजाईमा खेल्नेमा आशावादी छन् । यद्दपी त्यो सहज भने हुने छैन । तथापी पछिल्लो समयको प्रदर्शनका कारण मार्को एसेन्सियोको ठाँउ उनले लिने सम्भावना देखिएको छ । एसेन्सियोको भविष्य क्लबमा अनिश्चित जस्तै देखिएको छ ।

ब्राजिलियन फरवार्ड रोड्रिगोले चार सिजन रियलमा बताइसकेका छन् । त्यस क्रममा उनले ५ उपाधि जितेका छन् । जसमा एक च्याम्पियन्स लिग, दुई ला लिगा र दुई स्पेनिस सुपर कप रहेका छन् । उनी यसै वर्ष कतारमा हुने विश्वकपमा ब्राजिलबाट खेल्नेमा आशावादी छन् ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.