default_image

2 years ago

July 14, 2022

कोरियामा टोटेनहमको आधा दर्जन गोल

154 views

0 Bookmark

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत टोटेनहम हट्सपरले बुधबार स्थानीय शिर्ष डिभिजन लिग, के लिगको अल स्टार टिमलाई ६-३ ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा ह्यारी केन र ह्युङ मिन सनको आगमनपछि स्पर्सले लगातार गोल गरेको थियो । दुवै स्टार फरवार्डले २-२ गोल गरे । टोटेनहमका लागि अर्को गोल एरिक डाएरले गर्दा एक गोल आत्मघाती भएको थियो । कोरियाली टोलीका लागि गुए-सुन चो, लार्स भेल्द्विक र जुन अमानोले १-१ गोल गरे ।

खेलको ३० औं मिनेटमा डाएरले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुन चोले हेडर मार्फत स्कोर बराबरी गरे । दोस्रो हाफको सुरुवातमा केनको क्रसलाई क्लियर गर्ने धुनमा जिन-ह्योक किमले आफ्नै पोस्टमा गोल गरे । तर ५ मिनेट नबित्दै भेल्द्विकले पेनाल्टी क्षेत्र बाहिरबाट सहजै गोल गरे ।

५४ औं मिनेटमा केनले दायाँ खुट्टाले गोल गर्दै स्पर्सलाई अघि बढाए । ६८ औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । तर अमानोको फ्रिकिक गोलले गोलअन्तर १ मा झर्यो । त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा गोल गर्दै फराकिलो जित सुनिश्चित गरे ।

टोटेनहमले प्रि-सिजनमा पहिलो मैत्रीपूर्ण खेल खेलेको हो । टोलीले अब कोरियामा नै सेभिल्लाको सामना गर्नेछ । यस सिजन च्याम्पियन्स लिग खेल्ने टोलीले हालसम्म ५ खेलाडी अनुबन्ध गरिसकेको छ । बुधबारको खेलमा ब्राजिलियन फरवार्ड रिचार्लीसनले डेब्यु गरेका थिए । यभ्स बिसुमा, फ्रेजर फोस्टर, इभान पेरिसिच र क्लेमेन्ट लेंगलेट पनि यसै सिजन भित्रिएका हुन् ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.